सरकारले पेट्रोलियम पदार्थको मूल्य घटायाे

NewsBankNepal Banner Headline with Image , Business/अर्थ ब्यापार , News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएकाे छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार पत्रकार सम्मेलनमार्फत करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने जानकारी दिएका हुन् ।

उद्योगमन्त्री बडूले डिजेलमा २९ रुपियाँ, पेट्रोलमा २० रुपियाँ कर कटौती गरेको जानकारी दिए । उनका अनुसार कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपियाँ पर्नेछ ।

नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपियाँ मूल्य बढाएको थियो ।अहिले पेट्रोल प्रतिलिटर १९९ रुपियाँ र डिजल/मट्टितेल प्रतिलिटर १९२ रुपियाँमा कारोबार भइरहेको छ ।

सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हेनगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ ।यसअघि आजै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको थियो ।