मोरु वलेटको स्मार्ट क्यूआर भुक्तानी शुरु, बिगमार्टमा १५ प्रतिशत छुट

Dipak Pudasaini Business/अर्थ ब्यापार , News/समाचार , प्रविधि , २ वर्ष अगाडि

काठमाण्डौ,११ श्राबण । स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग सम्झौतामा
मोरू डिजिटल वालेटले स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । हालै पे नेप प्राइभेट लिमिटेड (मोरू) ले डिजिटल वालेट एप मार्फत ‘स्मार्ट क्यूआर’ सेवा सुरू गरेको हो ।

यससँगै मोरू एप प्रयोगकर्ताले देशभरका एक लाख साठी हजारभन्दा बढी मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन । साथै वालेट प्रयोगकर्ताले हाल बीग मार्टमा किनमेल गर्दा मोरू वालेट मार्फत ‘स्मार्ट क्यूआर’ प्रयोग गरि भुक्तानी गरेमा १५ प्रतिशत वा ३०० सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन ।
यसैगरी भविष्यमा स्मार्ट क्यूआर भुक्तानीमा मोरू प्रयोगकर्ताले धेरै आकर्षक अफरहरू पनि प्राप्त गर्न सक्ने जानकारी सार्वजनिक गर्ने समेत स्मार्ट क्यूआर नेटवर्क सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजि र मोरूले संयुक्त बिज्ञप्ती मार्फत जानकारी दिएका छन ।