‘चिठ्ठी पढिदिने मानिस नपाउने युगबाट मोबाइलबाटै सेवा लिने सकिने युगमा प्रबेश गरेका छौ’ – मन्त्री कुँबर

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , Politics/राजनीति , प्रदेश , प्रविधि , २ वर्ष अगाडि

काठमाण्डौ, १ भाद्र । ‘परदेशबाट आफ्ना मान्छेले पठाएको पत्र पढिदिन पुरै गाउँ चाहर्नु पर्ने युगबाट अब हामी हरेक सुबिधा हातमै रहेको मोबाइलबाट उपयोग गर्ने युगमा प्रबेश गरेका छौ ।’ सामाजिक सुरक्षा कोषका योगदान कर्ताका लागी तयार गरिएको मोबाइल एप शुभारम्भ गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँबरले उक्तकुरा बताउनु भएको हो । ‘अब कार्यालयमै धाएर सेवालिनु पर्ने अबस्थाको अन्त्य भयो । सबैकाम अब हातहातबाटै हुन्छ ।’ मन्त्री कुँबरले भन्नु भयो ।

आज सार्बजनिक गरिएको सामाजिक सुरक्षा एपमार्फत कोषमा योगदानकर्ताले सापटी लिनदेखि गुनासो राख्नसमेत सक्ने सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले जानकारी दिनुभयो ।

सामाजिक सुरक्षा एप चलाउनका लागि सामाजिक सुरक्षा कोषमा योगदान गर्ने लाभग्राहीले आबश्यक बिबरण राखेर कोषको एपमा दर्ता भएपछि आफ्नो पासवर्ड राखी यो एप सजिलै चलाउन सक्छन ।
यसै एपमार्फत उपचार सहायता लगायत कोषमार्फत के–कस्ता सेवा सुविधा पाउन योग्य छु भनेर समेत जानकारी लिन सकिन्छ । एपमा आफुले जम्मा गरेको रकम, ब्याज सहितको जम्मा रकम र लिन सकिने सेवाको बारेमा पनि थाहा पाउन सकिन्छ । यही एपमार्फत सामाजिक सुरक्षा कोषबाट लिन पाइने सापटीका लागि पनि आवेदन दिन सकिन्छ । सामाजिक सुरक्षाको कोषमा योगदान अवधि ३६ महिना पुगेका श्रमिकले आज देखी सापटी लिन थालेका छन ।
श्रमिकको हितलाई ध्यानमा राखेर ३ बर्ष पहिले अर्थात २०७६ साउनबाट आरम्भ भएको कोषबाट आबश्यकता अनुसार अवकाश योजनामा योगदानकर्ताले जम्मा गरेको रकमको ८० प्रतिशतसम्म रकम सापटीका रूपमा लिन पाइने छ । तर योगदान गरेको ३ बर्ष पुरा गरेका श्रमिकले मात्रै यो सुविधा पाउनेछन । हाल कोषले पहिलो चरणमा घरकर्जा, शैक्षिक कर्जा, सामाजिक कर्जा तथा बिशेष सापटी उपलब्ध गराउन शुरु गरेको छ ।
कोषका अध्यक्ष एबँ श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले दोस्रो चरणमा कोषमार्फतनै छिट्टै सहुलियत उधम कर्जा योजना ल्याउने तयारी भैरहेको जानकारी दिनुभयो । ‘कोषमा स्वदेशमा भएका श्रमिकलाई मात्र होइन विदेशमा रोजगारी गरिरहनुभएका श्रमिकलाई पनि समेट्ने प्रयासमा छौ’, सचिव अर्यालले भन्नुभयो, ‘सामाजिक सुरक्षा कोषबाट भइरहेका कामहरूले गरिबी निवारणमा महत्वपुर्ण भूमिका निर्वाह गर्नेछ ।