बर्खाकाे भेलसँगै बढेकाे वाग्मती नदीमा र्‍याफ्टिङ सररर….

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , Photo Bank , Photo Gallery , २ वर्ष अगाडि

काठमाडाैं । बर्खाकाे भेलले बढेकाे वाग्मती नदीमा र्‍याफ्टिङ सञ्चालन गरिएको छ । २२ औं वाग्मती नदी महोत्सवको अवसर पारेर नेपाल र्‍याफ्टिङ एजेन्सिज (नारा)ले शनिबार बिहान थापाथलीदेखि सुन्दरीघाटसम्म र्‍याफ्टिङ सञ्चालन गरेकाे हाे । 

१२ वटा बोटबाट कुपोन्डोलदेखि सुन्दरीघाटसम्म जल विहार गराइएको हो ।  नाराले सन् २००१ देखि हरेक वर्ष मनसुनीयाममा जलयात्रा महोत्सव गर्दै आएको छ ।र्‍याफ्टिङका साथै बिहान नदीमा सरसफाइ पनि गरिएको थियो ।

कार्यक्रममा सहरी विकासमन्त्री मेटमणी चौधरी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सहभागी थिए । उक्त जलयात्रामा वातावरणविद्लगायत विशिष्ट व्यक्तिहरू पनि सहभागी थिए । कार्यक्रममा विभिन्न भेषभूषासहितको झाँकी प्रर्दशन गरिएको थियो ।