बन्दकाे माैकामा टिपरमा आगजनी गरेर बीमा रकम असुल्न खाेज्ने पक्राउ

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , २ वर्ष अगाडि

दाङ ।नेपाल बन्दकाे माैका पारेर बीमा रकम असुल्न दाङमाआफ्नै टिपरमा आगजनी गरिएकाे तथ्य खुलेकाे छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेकाे बन्दको मौका छोपी दाङको घोराहीमा चालक र सहचालकले आफैँले चलाउँदै आएको टिपरमा आगो लगाएकाे प्रहरीकाे अनुसन्धानबाट पुष्टि भएकाे छ । आफैँले आगजनी गरेको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय दाङले उनीहरूलाई पक्रेको छ । 

गाडीमा आगजनी गर्ने चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको छ ।  गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजनी गरेको उनीहरूले स्वीकारेका छन् ।

घोराही–लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिपरमा आगो लगाइएको प्रहरीले जनाएको छ । आगजनी गर्न लगाउने गाडी मालिकको पनि प्रहरीले खोजी सुरू गरेकाे छ ।