आइतबार सार्बजनिक बिदा

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , Spiritual/अध्यात्म , प्रदेश , २ वर्ष अगाडि

काठमाण्डौ, १७ भदौ । कागेअष्टमीको अबसरमा आइतबार सार्बजनीक बिदा हुने भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरेले जारी गरेको बिज्ञप्ती अनुसार भदौ १९ गते आइतबार नगरपालिकाको वडा नँ १ मा रहेको कागेश्वरी मन्दिरमा बिशेष मेला लाग्ने भएकोले नगरपालिका भर सार्बजनिक बिदा घोषणा गरिएको हो । उक्त दिन नगरपालिका कार्यालय, यस अन्तरगतका वडा कार्यालयहरु, अस्पताल, स्वास्थ सँस्था, सामादायिक तथा सँस्थागत बिधालयहरु बन्द रहने छन । मेलामा सहभागी भई मेला सफलपार्न पनि घिमिरेले नगरवासीमा अनुरोध गर्नु भएको छ ।