‘कला र बिचारको सँगम नै साहित्य हो’ – माली

Dipak Pudasaini Education , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Spiritual/अध्यात्म , प्रदेश , साहित्य , साहित्य/ पुस्तक , २ वर्ष अगाडि

काठमाण्डौ, १८ भदौ । साहित्य भनेको कला र बिचारको सँगम भएको प्राज्ञ एबँ कबि लक्ष्मी मालीले बताउनु भएको छ । हिजो कागेश्वरी मनोहरा नगरपालिका १ स्थित कागेश्वरी मन्दिर परिसरमा सँम्पन्न कागेश्वरी साहित्य सँम्मेलनमा २०७९ मा मालीले उक्त कुरा बताउनु भएको हो ।

मालीले भन्नुभयो ‘काठमाण्डौबाट यति नजिकै भएरपनि यो ठाउँमा म पहिलो पटक आएको हुँ तर यहाँ आउँदा आउँदै यहाँको प्रकृतिक सौन्दर्यता, आकास गँगाको मधुर झरना तथा यहाँबाट देखीने दृष्यले साँच्चै यो ठाउँ पर्यटककालागी स्वर्गीय आनन्द दिने ठाउँ रहेछ ‘।


देशभरबाट आएका करिब ५ दर्जन साहित्यकारले आ आफ्ना रचना सुनाएको कार्यक्रममा बागमती प्रदेश साँसद रामेश्वर फुँयालले कागेश्वरीको महिमा मिश्रीत कबिता सुनाउनु भएको थियो ।

साँसद फुँयालले ‘देश बिबिध फूहरुको साझा फूलबारी भएकोले सबै फूलहरुको उत्तिकै सँरक्षण गर्नुपर्ने बताउनु भयो ‘। अगाडी टेबलको प्रतिबिम्ब स्वरुप राखिएको पुरानो थुन्चेको उदाहरण दिदै फुँयालले फलिएका हरेक बस्तु कहिँ न कहि काममा आउने बताउँदै फल्न ठिक्क पारिएका कवाड सँकलन गरेर बिश्वकै ठुलो कागको प्रतिमा बनाएको पनि जानकारी दिनु भयो ।


नगरपालिका भित्रका बिभिन्न बिधालयका बिधार्थीहरुले समेत रचना सुनाएको कार्यक्रममा कागेश्वरी मेला ब्यबस्थापन मुल आयोजक समिती र कागेश्वरी मन्दिर ब्यबस्थापन तथा पर्यटन बिकास समितीको अयोजनामा सँम्पन्न भएको थियो ।