कागेश्वरीमा भक्तजनको ओइरो, ब्यबस्थापनमा सकस

Dipak Pudasaini Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Spiritual/अध्यात्म , प्रदेश , ४ हप्ता अगाडि

काठमाण्डौ,१९ भदौ । काठमाण्डौको उत्तरपुर्बमा अबस्थित कागेश्वरी मन्दिरमा आज दर्शनार्थीको ओइरो लागेको छ । हरेक बर्ष कागेअष्टमीको नामले चिनिने भाद्र शुल्क अष्टमीका दिन यहाँ बिशेष मेला लाग्ने गर्दछ । आजका दिन यहाँ अबस्थित आकासगँगामा स्नान गरी कागेश्वरी महादेबको दर्शन गरेमा कागले छोएको वा कागको बिष्टा परेर भएको अपसगुन मेटिने मान्यता छ ।

साथै जनैपुर्णिमाका दिन गोसाईकुण्ड स्नान गर्न जानेले त्यहाँबाट ल्याएको जल आजका दिन कागेश्वरी महादेबलाई अर्पण गरेपछीमात्रै धार्मिक यात्रा तथा मनोकामना पुर्णहुने जनबिश्वास छ ।
आज कागेश्वरीको दर्शनगर्न देशैभरीबाट दर्शनार्थीको ओइरो लागेको थियो भने काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट लगायतका बिभिन्न स्थानबाट झाँकिसहितका दर्शनार्थी आएका थिए ।
मेला ब्यबस्थापनका लागी कागेश्वरी मनोहरा नगरपालीकाका प्रमुखको सँयोजकत्वमा ब्यबस्थापन समिती गठन गरिएको थियो भने नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाले स्वास्थ शिबिर सन्चालनका साथै चेतनामुलक पर्चा पम्प्लेट बितरण गरेको थियो ।

नेपाल स्काउट तथा स्थानिय बिभिन्न बिधलयका बिधाथीहरुले मेला ब्यबस्थापनमा उत्कृष्ट स्वयँसेबी भुमिका निर्बाह गरेका थिए । त्यसैगरी पिपुल्स लाइफ केयर अस्पतालले निःशुल्क स्वास्थ जाँचको ब्यबस्था गरेको थियो ।


दर्शनार्थीको अत्याधिक चापका कारण नगर प्रहरी, ट्राफिक प्रहरी तथा जनपथ प्रहरीलाइ सवारी ब्यबस्थापनमा हम्मे हम्मे परेको थियो ।
यसै कागेश्वरी महादेबको नामबाट नामाकरण गरिएको नगरपालिका कागेश्वरी मनोहरा नगरपालिकाले आज नगरभरी सार्बजनिक बिदा दिएको थियो । यो पौराणिक तथा धार्मिक स्थल नगरपालिकाको वडा नँ १ मा पर्छ ।