बलात्कारको किटानी जाहेरी परेका सन्दीप लामिछानेकाे विषयमा अब के हुन्छ?

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Sports/खेलकुद , २ वर्ष अगाडि

काठमाडाैं,२२ भदौ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई कप्तानबाट हटाउने तयारी गरेको छ ।बुधबार साँझ क्यानको आकस्मिक बैठक बसेर उनलाई निलम्बन गर्ने तयारी भइरहेको हो ।

सन्दीपमाथि लागेको बलात्कारको आरोपसँगै उनको विषयमा निर्णय लिन बैठक बस्न लागेको एक पदाधिकारीले जनाएका छन् ।सन्दीपमाथि आरोप मात्रै लागेको तर प्रमाणित भइनसकेकोले अनुसन्धानमा क्यानले पनि सघाउने जनाएको छ । यद्यपि सन्दीपलाई क्याप्टेबाट भने हटाइने बताइएको छ ।

सन्दीप क्यारेवियन लिग खेल्न हाल वेष्ट इन्डिजमा छन् । वेष्टे इन्डिज जानु एक दिन अघि आफूलाई विभिन्न प्रलोभन देखाई पिंगलास्थानको एक होटलमा लगेर सन्दीपले बलात्कार गरेको एक नाबालिगले मंगलबार नै प्रहरीमा उजुरी दिइसकेकी छन् ।

किटानी जाहेरीमा आफूलाई ५ भदौको राति ११ः५५ बजे पिंगलास्थानस्थित होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा लगेर पटकपटक बलात्कार गरिएको उल्लेख गरेकी छन् ।प्रहरीले अहिले नगरकोट र पिंगालास्थानमा उनीहरु गएको स्थानको क्लोज सर्किट (सीसी) क्यामरा फुटेज संकलन गर्न थालेको छ ।

प्रहरीले लामिछानेविरुद्ध अदालतबाट पक्राउ अनुमति लिने तयारी गरेको छ ।प्रहरीका अनुसार उनी नेपाल फर्किएको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ पर्नेछन् ।लामिछाने अहिले देश बाहिर छन् ।त्यसपछि अनुसन्धानको थप प्रक्रिया अघि बढ्नेछ ।पीडितलाई भने स्वास्थ्य जाँचका लागि प्रसुति गृह थापाथली पठाइएको छ।