पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ वर्ष अगाडि

काभ्रेपलाञ्चाेक । काभ्रेपलान्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा अबिरल वर्षासँगै गएको पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार बिहीबार बिहान  करिब दुई बजे आएको पहिरोमा परी स्थानीय ठुलीमायाँ तामाङ, उनका ४४ वर्षीय छोरा निर बहादुर तामाङ र ४० बर्सिया छोरी सावित्री तामाङको मृत्यु भएको हो । नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा निरबहादुर र सावित्रीको शव निकालिएको हो । 

वडा अध्यक्ष कृष्णबहादुर तामाङले घरसँगै रहेको ढुङ्गा खानीमा दिउँसो एक्स्काभेटर लगाएर ढुङ्गा निकाल्ने काम गरिएको र राती परेको पानीका कारण जमिन गलेर खानीसँगै रहेको घरको माथिबाट पहिरो आएको बताए।

उहाँले खानीकै कारण पहिरो गई तामाङको परिवारको निधन भएको बताए ।  पहिरोले घरसँगै रहेको चलालगणेशस्थान रोडा ढुङ्गा खानीका दुई वटा एक्स्काभेटर समेत परिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए ।