आइएमई पे ले ल्यायो ४६ दिने उपहारै उपहारको बाढी

Dipak Pudasaini Business/अर्थ ब्यापार , News/समाचार , प्रदेश , प्रवास , प्रविधि , २ वर्ष अगाडि

काठमाडौँ, ३० भाद्र । नेपालीहरुको महानपर्ब दशैं, तिहार तथा छठको अवसरमा
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक डिजिटल वालेट आइएमई पे ले उपहारै उपहारको बाढी ल्याएको छ । आगामी असोज १ देखि कार्तिक १५ गतेसम्म ४६ दिन चल्ने यो उपहार महोत्सब सम्म अनलाइन सपिङ साईट दराजसँगको सहकार्यमा सार्वजनिक गरेको हो ।
अफरमा आइएमई पे मार्फत अफर अवधि भरी कुनै पनि भुक्तानी गर्दा दैनिकमा सामसुङको
स्मार्टफोन, गोल्डस्टारको जुत्ता तथा डिशहोमको २०० एमबिपिएसको १ वर्षे फाइबरनेटका
अतिरिक्त आइ टिभिको प्याकेज, दराजको हजारौँ भाउचर कोड देखि लिएर १ जना भाग्यशाली
विजेतालाई चन्द्रागिरि केबलकारको लाइफटाईम एक्सेस र दुईजना भाग्यशाली विजेतालाई
बम्परमा राफ्ट मोटर्सको वारिअर इ–स्कुटर पनि उपहार स्वरुप प्रदान गरिने आइएमई ग्रुपले पे्रस बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।
बिज्ञप्तीमा उल्लेख भए अनुसार आइएमई पे मोबाईल वालेटमार्फत विभिन्न कार्य तथा सेवाहरूको लागि सहजै अनलाइन भुक्तान गर्न सकिन्छ । यसै डिजिटल भुक्तानी सुविधालाई ग्राहकहरू माझ अझ बढावा दिन महा–अफर मार्फत आइएमई पेबाट विभिन्न भुक्तानी गरे बापत पनि उपहारहरू प्रदान गरिनेछ ।
अफर अवधि भरी आइएमई पेबाट क्यूआर भुक्तानी गर्ने ५ जना भाग्यशाली विजेताले
सामसुङ स्मार्टवाच ४ (प्रति), मोबाईल रिचार्ज गर्ने १ जना भाग्यशाली विजेताले एप्पल
म्याक्बुक एयर १३.६ एमटु, हवाइ टिकट काट्ने २ जना भाग्यशाली विजेताले १ तोला २४
क्यारेट सुन (१ प्रति), आइएमई पेमा बैंकको खाता लिङ्क गर्ने २ जना भाग्यशाली विजेताले
सामसुङ ग्यालेक्सी ट्याब एस सेवेन+ (१ प्रति) र आइएमई पेको भिसा कार्डबाट भुक्तानी गर्ने २ जना भाग्यशाली विजेताले सामसुङ स्मार्ट टिभि (५५ इन्च १ प्रति) पाउने छन ।
चाडपर्व कै अवसरमा आइएमई पे मार्फत क्रिस्टल डाइग्नोस्टिक, सिनामंगलमा भुक्तानी
गर्दा प्रयोगकर्ताहरुले १५% छुट र हिमाल डेन्टलमा १५% छुट पनि प्राप्त गर्न सक्नेछन । साथै आइएमई पेको प्रयोगकर्ताहरुले आइएमई पे एपमा कुनै पनि कारोवार गरेको आर्थिक
बिवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपिडि चेक–अपको पनि ब्यबस्था गरिएको आइएमई ग्रुपले जानकारी दिएको छ ।