खेलकुदमा अपराजित खड्काले काठमाण्डौ निर्बाचन क्षेत्र नँ २ ‘ख’ बाट प्रदेश साँम्सदको चुनाब लड्ने

Dipak Pudasaini MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , Sports/खेलकुद , प्रदेश , स्थानीय निर्वाचन , २ वर्ष अगाडि

काठमाण्डौ, १ असोज । सर्बाधिक चर्चित निर्बाचन क्षेत्र काठमाण्डौ २ को ख बाट अशोक खड्काले स्वतन्त्र उम्मेद्धवारी दिने भएका छन । खेलाडी एबँ तेक्वान्दोका अन्तराष्ट्रिय प्रशिक्षक तथा रेफ्रि समेत रहेका खड्काले आज उम्मेद्धवारी घोषणा गरेका हुन । २०५० सालदेखी तेक्वान्दो खेलमा प्रबेश गरेका कागेश्वरी मनोहरा नगरपालिका २ आलापोटका स्थायी बासिन्दा खड्काले ब्ल्याकबेल्ट सिक्सडन समेत प्राप्त गरिसकेका छन ।
खेलका अतिरिक्त सामाजिक काममा पनि उत्तिकै सक्रिय उनले २०७२को बिनासकारी भुकम्प पछी काठमाण्डौ र काभ्रेका बिभिन्न स्थानमा १४ टहरा निर्माण गरी हस्तान्तरण गरेका थिए । यसका साथै पहिलो र दोस्रो कोरोना सँक्रमणले देश ठप्प भएको अबस्थामा उनले ६ हजार भन्दा बढी परिवारलाई राहत बाँडेका थिए ।


आफु क्षणिक लहड तथा रहरले राजनितीमा न आएको खडेकाले बताएका छन । कागेश्वरी मनोहरा ४ थली स्थित ब्यन्जन रिसोर्टमा आयोजित उम्मेद्धवारी घोषणा सभामा उनले भने ‘राजनैतिक दलहरुले पटक पटक जनतालाइ छले, ठगे र फोहोरी बनाए । त्यसैले जे बोल्छु त्यो गर्छु भनेर म राजनितिमा आएको हुँ । शँकरापुर नगर पालिकाको ९ वटै वडा तथा कागेश्वरी मनोहरा नगरपालिकाको ४,५,६,७,८ र ९ नँ वडा रहेको यो क्षेत्रका घर घरमा तथा टोलटोमा म पुगेको छु र यहाँको कायापलट कसरी गर्न सकिन्छ त्यसको भिजन म सँग छ ।
”सु शासनका लागी सक्षम युवा”
”छल्नेलाई भन्दा बदल्नेलाई खोजौ
देश निर्माणका लागि युवालाई नै रोजौ ”
भन्ने मुख्य नारा अगाडी सारेर उम्मेद्धवारी घोषणा गरेका खड्काले आफ्ना २ दर्जन कार्यक्रम समेत घोषणा गरेका थिए ।