बंगलादेशले जित्याे महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , Sports/खेलकुद , २ वर्ष अगाडि

काठमाडाैं । बंगलादेशले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो ।बंगलादेशले छैटाैँ संस्करणकाे साफ महिला च्याम्पियनसिपकाे उपाधि जित्दै नयाँ ईतिहास रचेकाे छ ।

नेपाल यसपटक पनि साफ महिला च्याम्पियनसिपको उपाधि जित्न असफल भयाे ।बंगलादेशकाे तर्फबाट श्रीमोती कृष्णरानी सरकारले दुई र शामसुनाहरले एक गोल गरेकी थिइन् ।

नेपालकाे तर्फबाट भने एक मात्र गाेल अनिता बस्नेतले गरिन् ।बंगलादेशले पहिलो पटक नेपाललाई हराएको हो । नेपाल पाँचौं पटक महिला साफको फाइनलमा पराजित भएको हो । भारतलाइ पराजित गर्दै नेपाल फाइनलमा पुगेकाे थियाे ।