”अबको २ बर्ष भित्र कागेश्वरी मनोहरामा बल्डबैँक सन्चालमा आउँछ” – नगर प्रमुख कार्की

Dipak Pudasaini Education , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Sports/खेलकुद , प्रदेश , स्वास्थ्य , २ वर्ष अगाडि

काठमाण्डौ, ३ असोज । २०८०/८१ भित्र कुनै पनि हालतमा कागेश्वरी मनोहरा नगर पालिका भित्र ब्लडबैक स्थापना गरी सन्चालनमा ल्याउने नगर प्रमुख उपेन्द्र कार्कीले बचन बध्धता जनाउनु भएको छ ।

नगरपालिकाको वडा नँ ७ स्थित मुलपानी पिपलबोटमा आयोजित नगरपालिका स्तरिय रक्तदान कार्यक्रमलाई प्रमुख अतिथीको आसनबाट सँबोधनगर्दै नगर प्रमुख कार्कीले उक्त बध्धता जनाउनु भएको हो ।


६७ प्रिन्ट रगत सँकलन गरिएको उक्त रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाईटी कागेश्वरी मनोहरा उपशाखाको सँयोजन तथा नेपाल स्काउट नेशनल स्काउट ओपन क्यू कागेश्वरी मनोहरा, काठमाण्डौ जिल्ला तेक्वान्दो सँघ, बम्बुको बहुउदेश्यीय सहकारी सँस्था लि मुलपानी, तथा पिपलबोट युथ मुलपानी लगायतका सँस्थाहरुको सँयुक्त आयोजनामा सँम्पन्न भएको थियो ।


नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ शाखा सभापती श्याम डोटेल, बागमती प्रदेशका निबर्तमान साँसद मणिराम फुयाल, कागेश्वरी मनोहरा नगरपालिकाका निबर्तमान नगर प्रमुख कृष्णहरी थापा लगायतका बिशेष अतिथीहरुको उपस्थितीमा सँम्पन्न रक्तदान कार्यक्रमले उपत्यकामा बढ्दो डेङ्गी रोग सँगै अस्पतालहरुमा रगतको चरम अभाबलाई केहि हद सम्म भएपनि न्यूनिकरण गर्ने साझा धारणा सहभागीहरुले ब्यक्त गरेका थिए ।