काठमाण्डौ, ५ आश्विन । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत श्रावण महिनामा मात्र एक करोड चालीस लाखभन्दा बढी वालेट प्रयोगकर्ताले सत्र अर्ब रूपैँयाभन्दा बढीको कारोबार आइएमई पे डिजिटल वालेट मार्फत गरेको छ । उक्त जानकारी आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले काठमाडौँ उपत्यका ट्राफिक कार्यलयका प्रमुख मीरा चौधरीलाई दिनु भएको हो । ट्राफिक जरिवाना हाल आइएमई पे वालेट मार्फत भुक्तानी गरिँदै आइरहेको सन्दर्भमा छलफल हुँदा बस्नेतले ट्राफिक जरिवाना भुक्तानीमा डिजिटल वालेट प्लेटफर्मको भूमिका बढाउँदै जानुपर्ने बिचार सहित उक्त जानकारी गराउनु भएको हो ।
उक्त अबसरमा उपत्यका ट्राफिक प्रमुख चौधरीले उत्साहजनक रुपमा डिजिटल वालेट प्लेटफर्मलाई ट्राफिक जरिवाना भुक्तानीका लागि प्रयोग गराउने उदेश्यले आगामी दिनमा आइएमई पेलाई ट्राफिक जरिवाना भुक्तानीमा अग्रसर गराउनलाई आफ्नो कार्यालयबाट आबश्यक सहयोग हुने प्रतिबध्धता जनाउनु भएको थियो ।