वीर अस्पताल अगाडिका औषधि पसल महानगरपालिकाले हटायाे

NewsBankNepal Banner Headline with Image , News/समाचार , १ हप्ता अगाडि

काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि अस्थायी टहरामा रहेका औषधि पसलहरु हटाएको छ । वीर अस्पतालको सर्जिकल भवनतर्फ टाँसिएको टहरा  हटाएको हो ।

महानगरपालिकाले ती टहरमा नक्सा विपरीत भएको भन्दै बुधबार माइकिङ गरेर बिहीबार दिउँसो १ बजेसम्म खाली गर्न अल्टिमेटम दिएको थियो । 

वीर अस्पतालले टहरा हटाउन खोज्दा औषधि पसलहरुले पुरानो सम्झौता देखाएर मानेका थिएनन् । वीर अस्पतालअघिका अधिकांश औषधि पसल हटाइएकाले वीर अस्पतालका बिरामीहरूका लागि औषधि किन्न भने अप्ठयाराे पर्ने भएकाे छ ।