कृषकलाई पुरस्कार, पशुलाई सुत्केरीभत्ता उपलब्ध गराउँदै ”कागेश्वरी दुग्ध उत्पादन सहकारी”

Dipak Pudasaini Business/अर्थ ब्यापार , News/समाचार , प्रदेश , प्रविधि , २ वर्ष अगाडि

काठमाण्डौ, ८ असोज । ”गुणस्तरिय तथा बढी दुध बिक्रि गर्ने तिन जना पशुपालक किसानलाई कागेश्वरी दुग्ध उत्पादन सहकारी सँस्थाले पुरस्कृत गर्ने भएको छ” । सँस्थाको १५ औ बार्षिक साधारण सभाको अबसरमा लोकतान्त्रिक सहिद उध्यान कागेश्वरी धाममा आयोजित समारोहमा अध्यक्ष रबिशरण थापाले उक्त जानकारी दिएका हुन ।


अध्यक्ष थापाले कार्यक्रममा पेश गरेको कार्यक्रम अनुसार ”पशुपालक किसानलाई दुधको उचित मुल्य प्रदान गर्न सँस्थाले आफ्नै दुग्ध उधोग सँचालन गर्नेछ । दैनिक १ हजार लिटर सँकलन गर्दै आएको दुधको परिणाम बढाएर १ हजार ५ सय लिटर पुर्याउने यसका लागी आबश्यक थप सँकलन केन्द्र सँचालनमा ल्याउने छ । पशु आहाराका लागी पौष्टिक घाँसखेतिका लागी किसानलाई सहयोग गर्ने छ । गाइ भैसी खरिद तथा टहरा निर्माणका लागी कृषकर्ला सहज तथा सहुलियत कर्जाकोलागी सहयोग गर्ने छ । निःशुल्क पशुबिमालाई निरन्तरता दिदै स्थानिय स्तरमै पशु आहारा केन्द्र सन्चालन गर्ने छ । दुधमा

अनुदान उपलब्ध गराउँदै किसानलाई सिप बिकास तालिम तथा अबलोकन भ्रमण गराउने छ ।” कृषकहरुको दुर्घटना बिमा तथा गाई भैसीलाइ हरेक पटक सुत्केरी हुँदा १ हजारका दरले भत्ता उपलब्ध गराउने पनि अध्यक्ष थापाले जानकारी गराएका छन ।


कागेश्वरी मनोहरा नगरपालिका वडा नँ १ का अध्यक्ष मुकुन्द गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभालाई नेपाल पत्रकार महासँघ काठमाण्डौ शाखाका अध्यक्ष सुर्य सुबेदीले बिशेष अतिथिको रुपमा सँम्बोधन गर्दै कृषी प्रधान देशमा कृषकहरुलाई प्रोत्साहित गर्ने निति देशैभर अनुशरण गरिनु पर्नेकुरामा जोड दिएका थिए ।