सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मुत्यु

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ महिना अगाडि

सल्यानमा आज बिहान भएको जीप दुर्घटनामा परी ८ जनाको मुत्यु भएको छ । रा १ ज ५६३ नम्वर जीप बिहान साडे तीन बजे कपुरकोट गाउँपालिका ६ रिम जलवाङगमा दुर्घटना हुँदा ८ जनाकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा कपुरकोट गाउँपालिका–६ जलबाङका २१ वर्षीय चालक जितबहादुर बोहरा, ३७ वर्षीय धर्म ओली, ४० वर्षीय टोपबहादुर ओली, उनका ११ वर्षीय छोरा बसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षीया कुमारी ओली, रिमका ३५ वर्षीय ललित ओली रहेका छन् ।दुर्घटनामा परी मुत्यु हुने अधिकांश कपुरकोट ६ का स्थानीय रहेका हुन् । मृत्यु भएका सबैको पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइएकाे छ।

दुर्घटनामा परी सख्त घाइते भएका कपुरकोट गाउँपालिका–६ कै ३५ वर्षीय तीलक ओलीको अहिले दाङको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । जीपमा सवार यात्रुहरु बिहे भोज खाएर फर्कंदै गरेको बुझिएकाे छ । । जीप सडकदेखि करिब दुई सय मिटर तल खसेको थियो ।