एससीटीको बडा दशैँमा बडा छुट

Dipak Pudasaini Business/अर्थ ब्यापार , News/समाचार , प्रदेश , प्रवास , प्रविधि , २ वर्ष अगाडि

काठमाण्डौ, १२ असोज । स्मार्ट क्यू आरले नेपालीहरुको महान चाड विजयादशमीको अबसरमा बडा छुट अफर सार्बजनिक गरेको छ ।
भाटभटेनी र एन आई सी एशिया बैंकसँगको सहकार्यमा सार्बजनिक गरेको अफर अन्तर्गत ग्राहकहरुले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको
छुटमा स्मार्ट क्यु आर मार्फत भुक्तानी गर्दा थप १०% वा ५ सय रुपयाँ सम्म छुट प्राप्त गर्न
सक्नेछन् । भाटभटेनीका सबै शाखाहरुमा लागु हुने यो अफर स्मार्ट क्यु आरमा आबद्ध सबै बैंक तथा वालेटका ग्राहकहरुका लागी भएको एससिटीले बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।
एससिटीका अनुसार विजयादशमीमा हुने किनमेल कारोबारमा स्मार्ट क्यु आर प्रयोगकर्तालाई सहुलियत दिने तथा विद्युतीय भुक्तानी प्रवद्र्घन गर्ने उद्देश्यका साथ यो अफर सार्बजनिक गरिएको हो । भटभटेनीका कुनै पनि शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एन आई सी एशिया मो बैंक, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।