डेङ्गुबाट हालसम्म ३८ जनाको मृत्यु

Bhim Thapa Banner Headline with Image , Latest Update , News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं । नेपालमा हालसम्म डेङ्गु सङ्क्रमणबाट ३८ जनाको मृत्यु भएको छ । गत साउनयता २८ हजार एक सय नौ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सातै प्रदेशका ७६ जिल्लामा डेङ्गु फैलिएको छ । नेपालमा पहिलो पटक विसं २०६१ मा डेङ्गुको बिरामी देखिएको थियो ।

प्रदेश १ मा आठ सय २९, मधेसमा चार सय १३, बागमतीमा २१ हजार नौ सय ७५, गण्डकीमा छ सय ७७, लुम्बिनीमा तीन हजार एक सय २५, कर्णालीमा दुई सय ३८ र सुदूरपश्चिममा आठ सय ५० जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । डेङ्गु सङ्क्रमण तीव्र बनेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ ।