काठमाण्डौ २४ असोज । आगामी मँसिर ४ गते हुन गइरहेको प्रतिनिधी सभा तथा प्रदेश सभा प्रतक्ष तर्फको निर्वाचनका लागी हिजो देशभर उम्मेद्धवारी दर्ता कार्यक्रम सँम्पन्न भयो ।
काठमाण्डौ क्षेत्र नँ २ अन्तरगत प्रदेश सभा ‘क’ र ‘ख’ दुबैमा महिलाको उम्मेद्धवारी परेन । राजनैतिक दलहरुले महिलाहरु मथि बिश्वास नगर्दा र स्वतन्त्रले आँट नगर्दा दुबै क्षेत्रमा १९ जनाले उम्मेद्धवारी दर्ता गराउँदा १ जना महिलाको पनि उम्मेद्धवारी नपरेको हो ।

२ ‘क’ मा ८ जनाको उम्मेद्धवारी परेको छ जसमा २ जना स्वतन्त्र र ६ जनाले राजनैतिक दलका तर्फबाट उम्मेद्धवारी दर्ता गराएका छन । गुणराज प्याकुरेल तथा यज्ञ बहादुर बरालले स्वतन्त्र उम्मेद्धवारी दर्ता गराएका हुन । हाम्रो नेपाल पार्टीका तर्फबाट राज कुमार तिमल्सिना, नेकपा एमालेको तर्फबाट सानु कुमार श्रेष्ठ, नेपाल आमा पार्टीका तर्फबाट खगेन्द्र राज बस्नेत, नेपाल मजदुर किसान पार्टीका कमल बहादुर डँगोल, राप्रपाबाट सुनिल के.सी., तथा नेपाली काँग्रेसका तर्फबाट ध्रुब के.सी.को उम्मेद्धवारी परेको छ ।

त्यसैगरी २ ‘ख’ मा ५ जना स्वतन्त्र सहित ११ जनाको उम्मेद्धवारी परेको छ । स्वतन्त्र उम्मेद्धवारी दिनेहरुमा युधिष्ठिर बाँनियाँ, लक्ष्मण ढकाल, ध्रुब प्रसाद पुडासैनी, कृष्ण कार्की तथा मदन बहादुर ठकुरी छन ।

त्यसैगरी हाम्रो नेपाल पार्टीकोबाट अशोक खड्का, मौलिक जरोकिलो पार्टीकोबाट पुष्पराज अधिकारी, नेकपा एमालेबाट सुबर्ण श्रेष्ठ, राप्रपाबाट राजु बिष्ट, नेपाल मजदुर किसान पार्टीबाट राम प्रसाद भट्टराई, नेकपा एकिकृत समाजबादीबाट भरत प्रसाद फुँयालको उम्मेद्धवारी परेको निर्बाचन अधिकृतको कार्यालय थलीले जानकारी दिएको छ ।


