पर्यटक उम्मेद्धवार चुनाब जितेर बेपत्ता, स्थनिय नेता कार्यकर्ता चाकडीमै ब्यस्त

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , न्युज बैंक बिषेश , प्रदेश , बिचार , स्थानीय निर्वाचन , २ वर्ष अगाडि

काठमाण्डौको क्षेत्र नँ २ एउटा यस्तो क्षेत्र हो जहाँ २०४८ सालको आम निर्बाचन देखी नै पर्यटक उम्मेद्धवारले चुनाब जित्दै, आफ्नो भबिश्य बनाउँदै यहाँको बिकाशलाई पछी धकेल्दै आइरहेका छन ।

२०४८ सालमा यहाँबाट चुनाब जितेका एमालेका प्रभाबशाली नेता (जननेता) मदन भण्डारी, बर्तमान राष्ट्रपती बिधा भण्डारी देखी २०७४मा चुनाब जितेका एमालेकै माधब नेपाल सम्मले यस क्षेत्रलाई गरेको उपेक्षा यहाँको बिकास निर्माण अबस्था हेर्दा प्रष्ट हुन्छ । नेपाली काँग्रेसका कृष्ण प्रसाद भट्टराई हुन वा नेकपा माओबादीका झक्कु प्रसाद सुबेदीले ययक्षेत्रबाट चुनाब त जिते तर चुनाब जितेपछी यसक्षेत्रका लागी के गर्नुपर्छ भनेर कहिल्यै फर्केर हेरेनन् ।


यसक्षेत्रका स्वघोसित नेता तथा कार्यकर्ताहरुले आफु भर्याङ बनेर उनिहरुलाई माथि त पुर्याए तर आफू भुँइबाट कहिल्यै माथि उठ्न सकेनन । म जन्मजातै काँग्रेस, एमाले, माओबादी भन्नेहरुले अहिले तिनै पार्टीका टाउकेहरुले केबल कुर्सी र सत्ता कब्जाका लागी न निति, न सिदान्त,न बिचार, न ब्यबहार कहि कतै केहि नमिल्ने हरुसँग गरेको हातेमालो हेर्दा हिजो तिनैका लागी दाजुभाई बाउछोरा, काका भतिज, वल्लो गाउँ र पाल्लो गाउँ झगडा गरेको तथा पानी समेत बाराबार गरेको सँझेर लज्जा बोध हुन्छ कि हुदैन होला ।


स्थानिय नेता भनिएकाहरुले पर्यटक उम्मेद्धवारलाई चुनाब जिताएर पठाएपछी आफ्नो निहित स्वार्थ बाहेक यस क्षेत्रको बिकासका लागी के के गरे भन्ने त बिगत ३२ बर्ष देखी यहाँका नागरिकले भोग्नु परेका समस्याहरुबाटै प्रष्ट हुन्छ ।
यसक्षेत्रको बिकट स्थान तिरै किन जानु पर्यो र ? २०७२ मा शुरु भएको केबल १२ किमीको चाबहिल साँखु सडक तथा त्यतिबेलै शुरु भएको पेप्सीकोला, ब्रम्हखेल सडक अन्तरगत मुलपानी पिपलबोट देखी ब्रम्हखेल सम्मको जम्मा ४ किलोमिटर बाटो ८ बर्षमा समेत निर्माण पुरा नहुनुमा हामिले पर्यटक उम्मेद्धवार चयन गरी पठाएको अपराध भोगेका त हैनौ ?


स्थानिय उम्मेद्धवारहरु नकपा एमालेका नारायण ढकाल तथा नेपाली काँग्रेसका दिपक कुँइकेलका पालामा आरम्भ भएका केहि आयोजनाहरु समेत उनिहरुको बहिर्गमन सँगै अलपत्र परेका उदाहरण हाम्रै अगाडी छन ।


आगामी मँसिर ४ गते हुन गइरहेको प्रतिनिधी सभा सदस्य निर्बाचनमा पनि पर्यटक उम्मेद्धवारको उर्बरक्षेत्र काठमाण्डौ क्षेत्र नँ २ मा उम्मेद्धवारी दर्ता गराएका ३१ जना उम्मेद्धवार मध्धे ३ स्वतन्त्र सहित १० जना पर्यटक उम्मेद्धवार यस क्षेत्रबाट आफ्नो भाग्य बनाउने आशामा चुनाबि मैदानमा होमिएका छन । जसमा बर्दिवास नगरपालीका ५ महोत्तरीका दिनेश खड्का, मेलम्ची नगरपालिका १२ सिन्धुपाल्चोककी भगवती ढकाल, तथा छिमेकी क्षेत्र गोकणेश्वर नगरपालिका १ काठमाण्डौका श्रीकृष्ण प्रसाद सिँखडाले स्वतन्त्र उम्मेद्धवारी दर्ता गराएका छन ।
त्यसैगरी रोल्पा नगरपालीका ७ माडीचौर रोल्पाकी ओनसरी घर्तिले नेकपा माओबादीका तर्फबाट उम्मेद्धवारी दर्ता गराएकी छिन भने गौरादह नगरपालिका ९ झपाका कोषराज सुबेदीले हाम्रो नेपाली पार्टी, खोटाहाङ गाउँपालिका ९ खोटाङ्गका चिरिन्जिबी राईले राट्रिय जनमुक्ति पार्टी, गोकर्णेश्वर नगरपालिका ६ काठमाण्डौका पुण्य प्रसाद प्रसाईले सचेत नेपाली पार्टी, चाँगु नारायण नगरपालिका ८ भक्तपुरका राममणि नेपालले नेपालका लागी नेपाली पार्टी, तामाकोशी गाउँपालीका ३ जामुने दोलखाकी सोबिता गौतमले राष्ट्रिय स्वतन्त्र पार्टी, तथा जुगल गाउँपालिका १ सिन्धुपाल्चोकका हेम बिक्रम सिल्वालले नेपाली काँग्रेस (बिपी)का तफर्बट उम्मेद्धवारी दर्ता गराएका छन ।


नेपालका नागरिकले देशभित्र जुनसुकै निर्बाचन क्षेत्रबाट पनि चुनाब लड्न पाउने अधिकार छ । तर चुनाब जितेर गइसकेपछी निर्बाचित गराउने क्षेत्रको बिकास र त्यहाँका नागरिकका हक हितका बिषयमा पनि उनिहरु गँभिर हुनु पर्ने हो । तर यसक्षेत्रका नगरिकले २०४८ साल देखीनै आफुले चुनेका प्रतिनिधीबाट कुनै कुराको आशा, अपेक्षा र उनिहरु प्रति भरोशा गर्न पाएका छैनन । अबको चुनाबमा धनप्रतिनिधीमात्रै बन्न अएकालाई बहिस्कार गर्दै योग्य, दक्ष तथा क्षेत्रको समस्या सँग पौठेजोरी खेलेका तर हाम्रालाई हैन राम्रालाई चुनौ, फेरी पछुताउने निर्णय नगरौ ।