सातौ हप्तामा चन्द र श्रेष्ठले पाए २५ – २५ हजार, ७ जनाले मोबाइल सेट

Dipak Pudasaini Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , प्रवास , १ वर्ष अगाडि

काठमाडौं, ४ कार्तिक । संयुक्त अरब इमिरेट्स र मलेसियाबाट आईएमई मार्फत पैसा पठाएका यमप्रकाश चन्द र पूर्णबहादुर श्रेष्ठले जनही २५ हजार नगद जितेका छन । दशैं, तिहार, छठ तथा नेपाल सम्वत जस्ता चाडपवलाई लक्षित गरी आईएमईले सञ्चालनमा ल््याएको आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी अफर अन्तर्गत सातौं हप्ताका विजेता चन्द र श्रेष्ठले जनही २५ हजार रुपैयाँ जितेका हुन ।
हिजो काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार गमबहादुर पुन, विष्णु विके, मन्तोष लिम्बु, शोमबहादुर घलान, कर्णबहादुर हिरोजक, लालविहारी शाह हलुवाई र सुस्मिता राना मगर दैनिक विजेता छनोट भएका छन । विजेता छनोट भएका प्रत्येकले एकरएक सेट सामसुङ मोबाइल उपहार स्वरूप प्राप्त गर्ने आइएमईले बताएको छ ।
भदौ १६ देखी आरम्भ भएको सेवाग्रहीमुखी अफर अन्तरगत कूल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने छन भने यो १६ कात्तिक २०७९ सम्म लागु हुनेछ ।