हक हस्तान्तरण र जग्गाको प्रकार

Dipak Pudasaini Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , प्रदेश , बिचार , १ महिना अगाडि
  • गोबिन्द कुँइकेल

मानव सभ्यता र जमिन एक अर्का बिच अन्योन्याश्रीत सम्बन्धमा रहेका हुन्छन । मान्छे अनि जग्गा जमिन सधै जोडिएर आउने शब्द हुन । जग्गा भन्ने बित्तिकै कस्को भन्ने शब्द सँगसँगै आउँछन । परापूर्बकाल देखि नै जग्गाको हक भोग भै आयको र सो जग्गा विभिन्न प्रकृयाबाट हक हस्तान्तरण हुदै आयको देखिन्छ । तसर्थ यस सम्बन्धमा केही सधै जानी राख्नु पर्ने कुराहरु पनि छन । यी कुराहरु जानी राख्दा फाईदा नै हुन्छ । हक हस्तान्तरणका प्रकृया निम्न अनुसार भएको पाईन्छ ।

१.नामसारी ः नामसारी भन्नाले एक प्रकारको हक हस्तान्तरण हो । जब जग्गाधनीको मृत्यू हुन्छ उसको नाता प्रमाणीतमा उल्लेख भएका अंशीयारहरुमा सो हकको हस्तान्तरण हुन्छ । यसलाई नामासारी भनिन्छ । प्राय यो सगोलमा हुन्छ । कहिले काही अंशीयारले हक छोडी दिदा एकै ब्यक्तिमा पनि आउन सक्छ । यसमा राजश्व कम लाग्छ ।
२. अंशबण्डा ः पिता पूर्खाको सम्पती सग्लो कित्ता वा टुक्राएर अंशियारको नाममा हक कायम हुनुलाई अंशबण्डा भनिन्छ । अर्थात सजिलो भाषामा अंशको बाडफाट यो जीवन भरमा एक पटक मात्र हुन्छ । पटक पटक गर्न पाईदैन । एक पटक भै सकेपछि चित्त बुझेन भनेर फेरि गर्न पाईदैन ।
३: अंशभरपाई ः पैतृक सम्पत्ती कुनै अंशियारलाई आबश्यक पर्दा उसले पाउने भाग मात्र पनि लिन पाउछ यसलाई अंश भरपाई भनिन्छ । यसमा अरु अंशियारको भाग मुल अंशियारको जिम्मामा हुन्छ ।
४ : दर्ताफारी ः सगोलमा भएको सम्पत्ती बराबर भाग लियर छुट्टिन पाउछ यसलाई दर्ताफारी भनिन्छ ।
५: बकशपत्र ः कसैले कसैलाई रिझाए बापत उ सन्तुष्ट भए पश्चात आफ्नो सम्पत्तीबाट खुशी राजिले दियको सम्पती भन्ने बुझ्नु पर्छ । जुन शेष पछि वा हालैको पनि हुनसक्छ । शेष पछिको बकस पत्र दिनेको मृत्यू अगाबै पून बदर पनि गर्न सक्छ ।

६: राजिनामा ः आफ्नो सम्पत्ती कसैले आफूले निश्चित रकम लियर कसैलाई खुशीराजीले बिक्री गर्न सक्छ । त्यसलाई राजिनामा भनिन्छ ।

जग्गाको प्रकार
१ निजी जग्गा
२ सरकारी जग्गा
३ सार्बजनिक जग्गा
४ सामुदायिक जग्गा
५ गुठी अधिनस्थ जग्गा

१. निजी जग्गा ः आफ्नो बाबू बाजेबाट नामसारी भै आएको वा आफुले खरिदगरी लिएको लाजपूर्जा आफ्नो नाममा भएको जग्गा जसलाई बोलचालको भाषामा नम्बरी वा रैकर पनि भन्ने चलन छ ।
२. सरकारी जग्गा ः नेपाल सरकारको स्वामित्व हक नियन्त्रण र अधिनमा रहेको जग्गा जस्तै सरकारी भबन,सडक,कूलो, बाटो, नदि, पर्ति,बन जंगल, जंगलका रुख, हिमाल,भिर, पहरा, वगर आदि ।
३. सार्वजनिक जग्गा ः सार्वजनिक प्रयोजनको लागीप्रयोग हुने जग्गा जस्तै पानी घाट, कुवा, पधेरो, मसानघाट, बाटो, गौचरण, मन्दिर, मस्जिद, पोखरी, टँुडीखेल आदि ।
४. सामुदायीक जग्गा ः कुनै समुदायले सनमुदायीक प्रयोजनका लागि छुट्याईएको जग्गा ।
५ गुठी अधिनश्थ जग्गा ः देबी देबताको पूजा पर्व जात्रा चलाउन मठ मन्दिर देबस्थल आदिजस्ता धार्मिक स्थल वा अन्य सामाजिक परोपकारी र सास्कृतिक कार्यको लागि दाताले हक छोडी राखिदिएको सम्पत्तीलाई गुठी भनिन्छ । सामन्यतया नेपालमा २ प्रकारका गुठी छन ।
१ राज गुठी
२ निजी गुठी
१. राजगुठी ः कुनै समय सरकारले बन्दोबस्त र संचालन गरि आएको र पछि गुठी संस्थानलाई हक र दायित्व सरेर संस्थानले संचालन गरेको गुठी राज गुठी हो ।
यो पनि २ प्रकारका छन ।
क. अमानत गुठी ः सम्पूर्ण आयस्ता गुठी कोषमा जम्मा गरी खर्चपनि सोही कोषबाट बिनियोजित वजेटबाट हुने गुठी अमानत गुठी हो ।
ख. छुट गुठी ः गुठीको आयस्ता गुठीयार आफैले उठाई लिखत तथा परम्परा बमोजिम गुठीको पर्व पूजा जात्रा चलाई बांकी रकम राजगुठीमा बुझाउने वा गुठीयार आफैले खान पाउने गरी छुट पाएका गुठीलाई छुट गुठी भनिन्छ ।
२ निजी गुठीः राजगुठीको नाममा दर्ता नरहेका ब्यक्ति आफैले स्थापना र संचालन गर्दै आएका ब्यक्तिगत वा पारिवारिक गुठीलाई निजि गुठी भनिन्छ । आजभोली यस्ता सम्पत्तीको खरिद बिक्रीमा सरकारले रोक लगाएको छ ।
कागेश्वरी मनोहरा ४, डाँछी