काठमाडाैं । निर्वाचन आयाेगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनकाे तयारी लगभग अन्तिम चरणमा पुगेकाे जनाएकाे छ । निर्वाचन आउन अब मात्र ९ दिन बाँकी छ ।
कर्मचारीको व्यवस्थापन गरेर मतपेटिकासहित मतदानस्थलतर्फ जाने प्रक्रिया भइरहेकाले मङ्सिर १ गते साँझसम्ममा सबै कर्मचारी र मतपेटिकासहितका सामग्री मतदानस्थलमा पुगिसक्ने प्रमुख निर्वाचन आयुत्त आयुक्त निदेशकुमार थपलियाले बताए ।आयाेगले हिजाे नै सवै ठाँउमा मतपत्र पुर्यासकेकाे छ।
उनले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनकाे समाचार सङ्कलन र सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गर्दै थपलियाले पत्रकारले चाहेको सूचना उपलब्ध गराउन आयोग तत्पर रहेको स्पष्ट गरे।
चितवनको सौराहामा आयोजना गरेको ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले दिएको निर्देशन बमोजिम मतदाता शिक्षाको सञ्चालन, समावेशी, लैङ्गिक तथा अपाङ्गतामैत्री मतदान केन्द्र बनाउन एवम् सुरक्षा प्रबन्धका विषयमा सूक्ष्मरुपमा रिपोर्टिङ हुनुपर्ने बताए ।
निर्वाचन प्रक्रियामा अझै रूपान्तरण हुन बाँकी रहेको बताउँदै निर्वाचनलाई राष्ट्रिय एकताको सूत्रमा पाँच वर्ष मुलुकलाई कता लाने हो भन्ने सन्देश प्रवाह गर्ने काम पत्रकारहरूको भएकाे समेत बताए ।
प्रमुख आयुक्त थपलियाले मतदानका दिन र मतगणना कार्यको समाचार प्रवाह गर्दा प्रवर्द्धनात्मक र मतदातालाई सत्य तथ्य सही सूचना दिनुपर्नेमा जोड दिए।

