ब्रम्हखेलमा रक्तदान सँगै निःशुल्क दन्त शिबिर सँम्पन्न

Dipak Pudasaini Education , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , स्वास्थ्य , १ वर्ष अगाडि

काठमाण्डौ,२७ कार्तिक । कागेश्वरी मनोहरा नगर पालिकाले स्वास्थलाइ बिशेष महत्व दिदै पहिलो प्राथमिकतामा राखी कार्य गरिरेको नगर प्रमुख उपेन्द्र कार्कीले बताउनु भएको छ । क्रिष्टल शोर एकेडेमीको आयोजनामा हिजो कागेश्वरी मनोहरा ४ ब्रम्हखेलमा सँम्पन्न भएको निःशुल्क दन्त शिबिर तथा रक्तदान कार्यक्रमा प्रमुख अतिथिको आसनबाट नगर प्रमुख कार्कीले उक्तकुरा बताउनु भएको हो ।

जेष्ठ नागरिकको निःशुल्क परिक्षण देखी बिधालय स्वास्थ कार्यक्रम समेत सन्चालन आरम्भ गरेको बतउँदै नगर प्रमुख कार्कीेले नगर अस्पताल मुलपानीको स्तर उन्नति साथै आगामी बर्ष उक्त अस्पतालमा बल्डबैँक सन्चालनमा ल्याउने प्रतिबद्धता दोहोर्याउनु भयो ।


कार्यक्रममा बिशेष अतिथीको आसनबाट बोल्दै वडा नँ ३ का अध्यक्ष राममणी पुडासैनीले नगर पालिका तथा वडाको पनि दायीत्वमा पर्ने स्वास्थ सँबन्धिकार्यहरु बिधालय,रेडक्रस तथा स्वास्थ सँस्थाहरुले निःशुल्क गर्दै आइरहेकोमा श्रहाना ब्यक्त गर्नु भएको थियो । वडा नँ ४ का अध्यक्ष बिजय श्रेष्ट (धन) ले मानविय जिबन रक्षामा क्रियासिल नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाको सर्हाना गर्दै नगर भित्र छिटै ब्लड बैक सन्चालनमा ल्याउने कार्यमा तदारुकता देखाउन नगर प्रमुख कार्कीलाई आग्रह गर्नु भएको थियो ।


बैज्ञानिकले बनाउन नसक्ने किसानले फलाउन नसक्ने केबल एकको दानबाट लिएर अर्को जिबन बचाउन पर्ने हुनाले जिबन दान गर्ने रक्तदाता प्रति आभार ब्यक्त गर्दै उपशाखा सभापती बासुदेब पौडेलले जति छिटो ब्लब बैक स्थापना गर्न सक्यो उति नै यस क्षेत्रका नागरिकलाई सहजहुने जानकारी नगर प्रमुख कार्कीलाई गराउनु भयो ।


नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ जिल्ला सदस्य एबँ कागेश्वरी मनोहरा उपशाखाका सचिब लक्ष्मी कुँइकेलले मुलपानी नगर अस्पतालमा प्रदेश स्तरिय ब्लडबैँक स्थापना तथा सन्चालन कार्यबिधी नगरपालिका समक्ष बुझाइ सकेकोले छिटै यस सँबन्धि प्रक्रिया अगाडी बढ्ने बिश्वास ब्यक्त गर्दै निर्बाचन लगतै नगर भित्रका सँम्पुर्ण बिधलयमा जुनियर रेडक्रस गठनगरी बालबालिकालाई सानै देखी सामाजिक कार्यमा सक्रिय गराउने योजना सार्बजनिक गर्नु भयो ।
निःशुल्क दन्त शिबिर तथा खुल्ला रक्तदान कार्यक्रमक आयोजक सँसथा क्रिष्टल शोर एकेडेमीका प्रधानाध्यापक दिनेस घिमिरेले सन्चालन गर्नु भएको कार्यक्रममा १ सय २ जनाको दाँतको परिक्षण गरिएको थियो भने २१ प्रिन्ट रगत सँकलन भएको थियो ।