राप्रपाले काठमाण्डौमा खाता खोल्यो, श्रेष्ठ १५ सय १९ मतले पराजित

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , स्थानीय निर्वाचन , २ हप्ता अगाडि

काठमाण्डौ, ६ मँसिर । राष्टिय प्रजातन्त्र पार्टीले प्रदेश सभा तर्फ काठमाण्डौबाट क्षेत्र नँ २ बाट खाता खोलेको छ । प्रदेश नँ २ क बाट युवा उम्मेद्धवार सुनिल के.सी.ले बागमती प्रदेशका निबर्तमान सभामुख एबँ एमालेका उम्मेद्धवार सानु कुमार श्रेष्ठलाई १ हजार ५ सय १९ मतान्तरले पराजित गरेका हुन । कामनपा ३२ का ३९ बर्षिय के.सी.ले ६ हजार ५ सय ९८ मत ल्याउँदा ३ दशक भन्दा बढी समय देखी राजनितिमा सक्रिय ६३ बर्षिय श्रेष्ठले ५ हजार ७९ मत ल्याएका थिए । त्यसैगरी गठबन्धनका साझा उम्मेद्धवार नेपाली काँग्रेसका धु्रब के.सी. ३ हजार ८ सय ४७ मत सहित तेस्रो भएका छन ।
काठमाण्डौ महानगर पालिकाको ९ र ३२ नँ वडा पर्ने क्षेत्र नँ २क मा ३१ ह्जार ७ सय ८ मतदाता रहेकोमा १८ हजार ५ सय ८१ मत खसेको थियो भने १८ हजार २ सय ५३ मत सदर र ५ सय ९८ मत बदर भएको थियो ।