काठमाण्डौ २ ले दियो सँसदलाई कान्छी सदस्य

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , स्थानीय निर्वाचन , १ वर्ष अगाडि

काठमाण्डौ, ७ मँसिर । हरेक निर्बाचनमा सधै चर्चाको शिखरमा रहने काठमाण्डौ क्षेत्र नँ २ यस पटक पुन चर्चामा छ । यस क्षेत्रले आगामी प्रतिनिधी सभाका लागी सबैभन्दा कान्छी उम्मेद्धवार चुनेर पठाएको छ । राष्टिय स्वतन्त्र पार्टीबाट उम्मेद्धवार बनेकी २७ बर्षिय सोविता गौतम यस क्षेत्रबाट आफ्ना निकटतम् प्रतिद्धन्दी नेकपा एमालेका मणिराम फुयाललाई ३ हजार ६ सय ७४ मतले पछी पार्दै प्रतिनिधी सभा सदस्यका लागी बिजयी भएकी हुन । सोविताले १५ हजार २ सय २९ मत ल्याउँदा बागमती प्रदशका निबर्तमान साँसद समेत रहेका फुँयालले ११ हजार ५ सय ५५ मत ल्याएका थिए ।


त्यसैगरी तेस्रो बढी मत राप्रपाकी कुन्ती पोख्रेलले ११ हजार १४ मत ल्याउँदा ५ पार्टी नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजबादी, राष्टिय जनमोर्चा तथा जनता समाजबादी पार्टीकी साझा उम्मेद्धवार एबँ पुर्ब सभामुख ओनसरी घर्तीले ९ हजार४ सय ४९ मत ल्याउँदै चौथो स्थानमा चित्त बुझाइन ।
८१ ह्जार ९ सय ४० मतदाता रहेको काठमाण्डौ क्षेत्र नँ २ मा ५२ हजार ९ सय १० मत खसेको थियो ।