गुल्मी २ मा विष्ट विजयी,झाँक्रीले हारिन्

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , १ वर्ष अगाडि

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ नेकपा एमालेका सचिव गोकर्ण विष्ट तेस्राे पटक विजयी भएका छन्।पूर्व सहकर्मी रामकुमारी झाँक्रीलाई हराउँदै विष्ट विजयी भएका हुन् ।

नेकपा एकीकृत समाजवादीकी सचिव झाँक्रीलाई २ हजारभन्दा बढी मतले पराजित गरेर बिष्ट विजयी भएका हुन्। झाँक्री सत्ता गठबन्धनका तर्फबाट उठेकी थिइन् ।

 गुल्मी २ मा अन्तिम नतिजा सार्वजनिक हुँदा बिष्टले २८ हजार ४७६ मत ल्याए। उता रामकुमारी झाँक्रीले २६ हजार ४४२ मत पाएकी छन्।गुल्मीबाट गोकर्ण विष्ट तेस्रो पटक निर्वाचित भएका हुन्।