प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट भारी मतान्तरले निर्वाचित

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , १ वर्ष अगाडि

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीलाई १३ हजार भन्दा बढी मत अन्तरले पराजित गर्दै प्रचण्ड निर्वाचित भएका हुन् ।

प्रचण्डले २६ हजार १०३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका बुर्लाकोटीले १२ हजार ६३७ र एमाले उम्मेदवार अब्दुस मियाले ७ हजार ३९३ मत पाए ।नेकपा एमालेक उम्मेदवार अब्दुस मिया तेस्रो स्थानमा रहे ।माओवादी अध्यक्ष प्रचण्डले २०६४ यताका सबै चुनाव लगातार जित्दै आएका छन् ।