भक्तपुर -२ मा कांग्रेसका दुर्लभ थापा विजयी, महेश बस्नेतले हारे

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , १ वर्ष अगाडि

भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका छन् । थापाले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतलाई ८२३ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५०० मत पाए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २२ हजार ६७७ मत पाए । नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ९५४, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२० र राप्रपाका मोहन केसीले २४८६ मत पाएका छन् ।