हिँसा अन्त्य र वातावरण सँरक्षणको अभियानमा पध्मकन्या क्याम्पसका बिधार्थी

Dipak Pudasaini Banner Headline with Image , Education , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Sports/खेलकुद , प्रदेश , स्वास्थ्य , १ वर्ष अगाडि

काठमाण्डौ, ९ मँसिर । महिला हिँसाको अन्त्य तथा वातावरण सँरक्षणका लागी सचेतना जगाउने उदेश्यले पध्मकन्या क्याम्पस बिबिएम ५ औ सेमेस्टरका बिधार्थीले भोली साइकल र्याली तथा बिबिध सँस्कृतीक कार्यक्रम आयोजना गर्दैछन । अन्तराष्ट्रिय महिला हिँसा अन्त्य दिबसको अबसरमा आयोजना गर्न लागेको साईकल र्याली बागबजारबाट शुरु भई पुतलीसडक, न्यूप्लाजा, अनामनगर, बबरमहल, थापाथली, कुपण्डोल,पुल्चोक, मँगलबजार पाटन दरबार स्क्वाएर, थापाथली, त्रिपुरेश्वर, न्यूरोड, बसन्तपुर दरवार स्क्वाएर, जमल हुँदै कलेजमा पुगेर समापन हुने आयोजकले जानकारी दिएका छन । आयोजकका अनुसार साइकल र्याली पश्चात कलेजमा चेतनामुलक बिबिध साँस्कृतीक कार्यक्रम समेत हुनेछ । क्याम्पसका बिधार्थीहरुले आयोजना गरेको यो र्याली तेस्रो हो ।


८ मार्चमा बिश्वभर अन्तराष्ट्रिय महिला दिबस मनाउने गरिए पनि महिला हिँसा अन्त्य दिबस भने आजे देखी १० डिसेम्बर अर्थात २५ मँसिर सम्म १६ दिन मनाउने गरिएको छ ।


सभ्य समाजको पहिचान लैङ्गिक हिँसा बिरुद्धको अभियान नारा सहित नेपाल सरकारले यस अभियानको आरम्भ आज माइतीघरबाट र्याली सहित आरम्भ गरेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजनामा आरम्भ भएको १६ दिने कार्यक्रम आरम्भ अभियानको र्याली मन्त्री उमा रेग्मीको नेतृत्वमा भद्रकाली, न्यूरोड हुँदै बसन्तपुरमा पुगेर समापन भएको थियो ।
यस पटकको महिला हिँसा अन्त्य दिबस ४३ औ हो । यो दिबसको आरम्भ सन १९८१मा भएको हो भने ७ फ्रेब्रुवरी सन २००० को सँयुक्त राष्ट्रसँघको महासभाले पनि २५ नोभेम्बरलाई महिला हिँसा अन्त्य दिवसको रुपमा मनाउने औपचारी निर्णय गरेको थियो ।