१ सय १७ स्थानको परिणाम आयो , ४५ स्थानको गणना हुँदै, ३ स्थान अझै अन्यौलमा

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , स्थानीय निर्वाचन , १ वर्ष अगाडि

काठमाण्डौ, ९ मँसिर । ४ मँसिरमा सँम्पन्न भएको आम निर्बाचनको परिणाम आउने क्रम जारी छ । हाल सम्म १ सय १७ स्थानको परिणाम आइ सकेको छ भने ४५ स्थानमा गणना जारी छ । त्यसैगरी ३ स्थानमा अझै मतगणना शुरु भएको छैन ।
हाल सम्म प्राप्त मत परिणाम अनुसार नेपाली काँग्रेस अगाडी छ । नेपाली काँग्रेसले ४० स्थानमा जित निकालेको छ भने ११ स्थानमा अग्रता लिएको छ । त्यसैगरी काँग्रेसलाई पच्छाई रहेको एमालेले २९ स्थानमा जित निकाल्दा १९ स्थानमा अगाडी छ । नेकपा माओबादी केन्द्रले १२ स्थानमा जित निकालेर ५ स्थानमा अगाडी रहँदा रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित निकालेर १ स्थानमा अगाडी रहेको छ ।
नेकपा एकिकृत समाजबादीले १० स्थानमा बिजय हासिल गरी सकेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ५ स्थानमा जित निकाल्दै २ स्थानमा अगाडी रहेको छ । जनता समाजबादी पार्टीले २ स्थानमा जित निकाल्दै ४ स्थानमा अग्रता लिएको छ भने लोकतान्त्रीक समाजबादी पार्टीले २ स्थानमा जित निकाल्दै २ स्थानमा अग्रता लिएको छ । नागरिक उन्मुक्ति पार्टीले २ स्थनमा बिजय र १ स्थानमा अग्रता कायम गर्दा राष्ट्रिय जनमोर्चा १, जनमत पार्टी १ र नेमकिपाले १ स्थानमा जित निकालेका छन । त्यसैगरी ५ जना स्वतन्त्र उम्मेद्धवारले प्रतिनिधी सभा सदस्यमा जित निकालेका छन । जसमा मोरङ ५ बाट योगेन्द्र मण्डल, सर्लाही ४ बाट अमरेश कुमार सिह, रौतहट २ बाट किरण कुमार शाह, रौतहट ३ बाट प्रभु शाह तथा बर्दिया २ बाट लालबिर चौधरी छन ।