‘नलुकाउ- आवाज निकाल’ भन्दै साइकलमा सन्देश बोकेर बिधार्थी शहर घुमे

Dipak Pudasaini Banner Headline with Image , Education , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Sports/खेलकुद , स्वास्थ्य , १ वर्ष अगाडि

काठमाण्डौ, १० मँसिर । महिलाले आफुमाथी भइरहेको हिँसा नलुकाउन र न्याएका लागी आवाज उठाउन अब ढिलो गर्नु हुँदैन भन्ने सन्देशका साथ बिधार्थीहरुको काठमाण्डौ तथा ललितपुरमा साइकल र्यालीको आयोजना गरेका छन ।


पध्मकन्या क्याम्पस बागबजारमा बिबिएम ५ औ सेमेस्टरका बिधार्थीको आयोजनामा आज भएको सचेतना मुलक साईकल र्यालीमा बिधार्थीका अतिरिक्त बिदेशी पर्यटक तथा अन्य सहभागी सहित करिब २ सयको सहभागीता थियो ।


महिलामाथी हुने गरेको हिँसा तथा हाल भईरहेको वातावरण बिनासको बिरुद्धमा आयोजना गरिएको साइकल र्याली क्याम्पस परिसरबाट आरम्भ भई पुतलीसडक, कमलादी, घण्टाघर, शहिदगेट, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, पुल्चोक हुँदै पाटन कृष्णमन्दिर पुगेर पुन सोहिरुट हुँदै फर्केर न्यूरोड, बसन्तपुर, जमल हुँदै बागजार स्थित क्याम्पस परिसरमा पुगेर बिशेष कार्यक्रममा परिणत भएको थियो ।


साइकल र्याली पश्चात अन्तराष्ट्रिय महिला हिँसा अन्त्य दिबसको अबसरमा आयोजना गरिएको साइकल र्यालीका बारेमा कार्यक्रम सँयोजक योगेन्द्र बस्नेतले जानकारी गराएका थिए । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिब डिल्लीराम शर्माको प्रमुख आतिथ्यतामा सँम्पन्न भएको बिशेष समारोहलाई कार्यक्रम आयोजक बिबिएम ५ औ सेमेष्टरका बिधार्थी दिक्षा पुडासैनीले स्वागत गरेका थिए । बिबिध साँस्कृतिक कार्यक्रम समेत भएको कार्यक्रमलाई स्पोन्सरका तर्फबाट नेपाल टेलिकमका प्रतिनिधीले सँबोधन गरेका थिए भने क्याम्पस प्रमुख राजु मल्ल, निबर्तमान बिभागिय प्रमुख अग्निधर पराजुली, कार्यक्रम निर्देशक प्रेमलाल अधिकारी लगायतले सँबोधन गरेका थिए ।
हिजो २५ नोभेम्बर देखी आगामी १० डिसेम्बर अर्थात १६ दिन सम्म मनाउने यस पटकको महिला महिला हिँसा अन्त्य दिबस ४३ औ हो । यो दिबसको आरम्भ सन १९८१ मा भएको हो भने ७ फ्रेब्रुवरी सन २००० को सँयुक्त राष्ट्रसँघको महासभाले पनि २५ नोभेम्बरलाई महिला हिँसा अन्त्य दिवसको रुपमा मनाउने औपचारी निर्णय गरेको थियो ।
पध्मकन्या क्याम्पस बिबिएम ५औ सेमेस्टरका बिधार्थीले भने बिगत ३ बर्षदेखी यस्तै सन्देश मुलक र्यालीको आयोजना गरेर यो दिवस मनाउँदै आएका छन । त्यसैले यो तेस्रो साइकल र्याली पनि हो ।