दोलखाका १० मतदान केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन हुँदै

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , १ वर्ष अगाडि

दोलखामा स्थगित भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले १५ गते निर्वाचन गराउने निर्णय गरेको हो ।

दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउन लागिएको हो ।वैत्यश्वरको वडा नं. ६ (क, ख, ग), वैत्यश्वर ३ को कालिढुङ्गा (क, ख, ग), वैत्यश्वर २ को जनज्योति (क, ख) र तामाकोसीको जामुने हेल्थपोस्ट (क, ख) केन्द्रमा पुनः चुनाव गराउने निर्णय आयोगले गरेको छ ।

 नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ‘बुथ क्याप्चर’ भएको भन्दै उजुरी गरेपछि आयोगको एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले मंसिर ४ को निर्वाचन रद्द गरेर पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।