कसरी नाप्ने जानौ, आफ्नो जग्गा आफै नापौ

Dipak Pudasaini Business/अर्थ ब्यापार , Education , Latest Update , News/समाचार , बिचार , २ महिना अगाडि

गोबिन्द कुँइकेल
जग्गा जमिनको क्षत्रफल ः कुनै न कुनै रुपमा भूमि संग नाता नजोडिएको मानिस पाउनै कठिन छ । हामी संग जग्गा छ तर त्यसको नापजाँचको ईकाई नबुझ्दा मानिसमा अनेक शँका उपशँकाले डेरा जमाउने गरेको पाईन्छ । जग्गा जमिनको क्षेत्रफल बुझ्न अत्यन्तै सरल छ, तर नबुझ्दा बिकराल पहाड जस्तै छ । कसैको ४ आना जग्गा छ त्यसको लम्बाई ३७ फिट चौडाई ३७ फिट नै हुनु पर्यो । जसको क्षेत्रफल १३६९ बर्ग फिट हुन्छ । यतीमात्र होईन सजिलो उपाय ३० फिट चौडाई भयो भने १३६९ लाई ३० ले भाग गर्दा आउने ४५.३३३ लम्वाई हुनु पर्यो अनि ४ आना पुग्छ ।

 जग्गाको ईकाई बुझ्न निम्न कुरा बुझ्नु अनिबार्य छ । पहाडको हिसाब : रोपनी ( १६ आना) : ५४७६ बर्गफिट आना ( ४ पैसा) : ३४२.२५ , पैसा ( ४ दाम) : ८५.५६ , दाम ( सानो ईकाई छैन) : २१.३९ बर्गफिट बर्ग मिटरमा : रोपनी : ५९८.७४ बर्गमीटर आना : ३१.७९ बर्गमीटर पैसा : ७.९५ बर्गमिटर दाम १.९८ बर्गमिटर अब बुझ्नु पर्छ ७४ फिट लम्बाई ७४ फिट चौडाई भनेको १ रोपनी हो । त्यस्तै ७४ फिट लम्वाई ३७ फिट चौडाई आठ आना हो । ३७ फिट लम्बाई १८ फिट चौडाई भनेको २ आना हो । १० फिट जग्गाको ८ फिट ६ ईन्च चौडाई हुदा १ पैसा जग्गा हुन्छ । यदी २० फिट लम्बाई १७ फिट १.५ ईन्च चौडाई रहेछ भने १ आना जग्गा हन्छ । तसर्थ जग्गाको लम्वाई र चौडाई गुणा गर्ने त्यसलाई ३४२.२५ ले भाग गर्ने अनि आना आउँछ । यदि १५४० बर्ग फिट भयो भने ३४२.२५ ले भाग गर्दा ४.४९६३ आउँछ अब ४ आना पूरा भयो प्वाईन्ट पछिको .४९६३ लाई ४ ले गुणा गर्ने १.९९ आउँछ यो भनेको २ पैसा लाई थोरै पुगेन र यसलाई २ पैसा नै मान्नु पर्ने हुन्छ किनकी फेरि १ घटाउनदा .९९ आउँछ त्यसलाई ४ ले गुणा गर्दा ३.९९ आउछ यो भनेको ४ दाम हो । अर्थात ४ आना २ पैसा नै हुन आउँछ ।

परापूर्ब कालमा जग्गाको ईकाई मुरी,माना, पाथी, मुठी चिम्टीको रुपमा चिनिन्थ्यो । जसलाई १० चिम्टी को १ मुठी १० मुठीको १ माना ८ मानाको १ पाथी र २० पाथीको १ मुरी मानिन्थ्यो ।जसलाई यसरी लेखिन्थ्यो । १।।।३ अर्थात १ मुरी ३ चिम्टी , ।३।५ अर्थात ३ पाथी ५ मुठी, ( ।।६) यस्तो लेखियो भने ६ माना बुझ्नु पर्छ । केही रसिदमा यस्तो पनि देखिन्छ १।०।३ यो भनेको १ रोपनी ३ पैसा , ।।।३ १ धर्को बराबर ४ तिन धर्कोको १२ र ३ ले १५ आना भन्ने बुझ्नु पर्छ । २।√। ३ दुई रोपनी छ आना १ पैसा ३ दाम , यदी रसिदमा २। z ।३ लेखएको छ भने २ रोपनी ७ आना १ पैसा ३ दाम भनेर बुझ्नु पर्छ । २-२।३ लेखियको छ भने २ रोपनी २ पैसा ३ दनम बुझनु पर्छ । तराई तर्फ : १ विगाहा ( २०कठ्ठा) : ७२९०० बर्ग फिट १ कठ्ठा ( २० धुर) : ३६४५ बर्गफिट १ धुर ( २० कनुवा) : १८२.25 १ कनुवा( यो भन्दा सानो ईकाई छैन): ९.११ बर्गफिट कनुवा र धुरको सम्बन्ध तराईका विभिन्न जिल्लामा फरक फरक छ । कतै १ धुर बराबर २० कनुवा,कतै १६ धुरको १ कनुवा र कतै ४ धुरको १ कनुवा मानको पाईन्छ ।

२१ साल भन्दा अघि माटो मुरीमा ईकाइ नापीन्थ्यो त्यस अनुसार २२ मुरी माटो भन्नाले ५ रोपनी आठ आना भने बुझ्नु पर्छ । १३ मुरी माटो भन्नाले ३ रोपनी ४ आना भन्ने बुझिन्छ । यसरी उल्लेख भएका क्षेत्रफल बुझ्नको लागि न कतै तालिमको व्यवस्था छ, न कुनै भूमि प्रशासनको तालिम दिने निकायमा दिइन्छ , न बुझ्ने मानिसहरु नै छन । हुलाक, गृह, शिक्षा,पर्यटन नितान्त फरक निकायमा काम गरेका कर्मचारी पहुचको आधारमा वा अन्य कारणबाट भूमि प्रशासनमा आउदा यी आदि कुरा बुझ्ने त कुरै भएन । यसरी अन्य निकायका कर्मचारी भूमि प्रशासनमा आउदा करिब ३ महिनाको जग्गा प्रशासनको तालिम दिएर यी आदि कुरा बुझ्ने भए पछि मात्र सेबा प्रदायक कार्यालयमा पठाउदा सेबाग्राहीको काम सरल र सहज रुपमा हुन जाने देखिन्छ । कि छुट्टै भूमि प्रशासन सेबा खडा गरि सोही सेबाका दक्ष कर्मचारी पठाउन सके यी यस्ता कारणले जनताले भोग्न परेको समस्या बाट केही राहत महशुस हुन्थ्योकी ।

कागेश्वरी मनोहरा नगरपालीका – ४ डाँछी, काठमाण्डौ