४ पटक उपप्रधान सहित १२ पटक मन्त्री भएका गच्छेदारको ३१ बर्षे बिराशत ढल्यो

Dipak Pudasaini Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , बिचार , स्थानीय निर्वाचन , २ वर्ष अगाडि

कठमाण्डौ, १४ मँसिर । देशमा ३० बर्षिय पँचायती ब्यबस्थाको अबसान सँगै पुर्नस्थापना भएको बहुदलिय ब्यबस्था सँगै उदाएका बिजय कुमार गच्छेदारको ३१ बर्षे बिराशत ढलेको छ । २०७९ मँसिर ४ मा भएको आम निर्बाचनमा नेकपा एमालेका उम्मेद्धवार भगबती चौधरी सँग ५ हजार १ सय ८८ मतान्तरले पराजित भएसँगै गच्छेदारको २०४८ देखीको अपराजित यात्रामा ब्रेक लागेको हो ।
२०४८ सालमा सञ्चार राज्यमन्त्री, २०५२ मा निर्माण तथा यातायात मन्त्री, २०५४ मा निर्माण तथा यातायात मन्त्री, २०५५मा निर्माण तथा यातायात मन्त्री, २०५६ मा पर्यटन तथा नागरिक उड्ययन मन्त्री, २०५६ मा जलस्रोत मन्त्री, २०५८ मा जलस्रोत मन्त्री, २०६५ भौतिक योजना तथा निर्माण मन्त्री, २०६६ उपप्रधान तथा भौतीक योजना तथा निर्माण मन्त्री, २०६८ उपप्रधान तथा गृहमन्त्री, २०७२ उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, २०७४ मा उपप्रधान तथा स्थानीय विकास मन्त्री बनेका गच्छेदारले ३५ हजार ६ सय ७ मत ल्याउँदा भागवती चौधरीले ४० हजार ७ सय ८८ मत ल्याएर उनको बिराशत ढालेकी हुन ।
दोस्रो सँबिधान सभा निर्बाचनमा उनै ३ सय ६२ तथा २०७४ को आम निर्बाचनमा ३ सय ३१ मतले चौधरीलाई गच्छेदारले पराजित गरेका थिए । २०७४ मा गच्छेदारले धाँधली गरेर चुनाब जितेको आरोप लगाउँदै चौधरीले दायर गरेको मुद्धा सर्बोच्चमा अझै बिचाराधिन छ ।