समानुपातीक तर्फ एमाले २७ लाख नजिक पुग्यो, समाजबादी थ्रेसहोल्डका लागी सँघर्ष गर्दै

Dipak Pudasaini Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , स्थानीय निर्वाचन , १ वर्ष अगाडि

काठमाण्डौ, १४ मँसिर । निर्बाचन आयोगले अहिले बिहान ९ बजे सम्म समानुपातीक तर्फ १ करोड ८ हजार ३०२ मत गणना गरी सकेको जनाएको छ । सँम्पन्न मत गणना अनुसार एमालेले २६ लाख ९६ हजार ५ सय ७५ मत प्राप्त गरि पहिलो भएको छ भने भने एमालेबाट अलग्गीएको नेकपा एकिकृत समाजबादी २ लाख ८२ हजार २ सय ५२ मत ल्याएर थ्रेस होल्डका लागी सँघर्ष गर्दै छ । त्यस्तै २५ लख ५३ हजार ९४ मत पाएर नेपाली काँग्रेस दोस्र हुँदा १० लाख ९८ हजार २ सय ७५ मतका साथ रबी लामिछाने नेतृत्वको राष्टिय स्वतन्त्र पार्टी चौथो भएको छ । ११ लाख ४३ हजार ८ सय ९४ मतका साथ नेकपा माओबादी तेस्रो हुँदा ५ लाख ७० हजार ६ सय ५४ मतका साथ राप्रपा भएको छ भने जनता समाजबादी पार्टी नेपालले ३ लाख ८९ हजार १ सय ९७ तथा सिके रावत नेतृत्वको जनमत पार्टीले ३ लाख ४९ हजार ३ सय ५२ मत सहित राष्टिय पार्टीमा स्थान सुरक्षित गरेका छन । बाँकि दलहरुले थ्रेसहोल्ड कटाउन नसक्दा उनिहरुले समानुपातीकमा पाएको मत खेर जाने भएको छ ।