दोलखामा माओवादी केन्द्रका कार्की विजयी

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , २ महिना अगाडि

दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई उनले ५१८ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन्  ।

  कार्कीले ३६ हजार ९९५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४७७ मत पाएका छन् ।कार्कीको जितसँगै माओवादी केन्द्रले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ सिट जितेकाे छ ।