विवाद्कैबीच बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मध्यरात दाङ सारियाे

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , २ वर्ष अगाडि

दाङ। विवादकाबीच लुम्बिनी प्रदेशको बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सामान मध्यरातमा दाङको देउखुरी सारिएको छ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले तीन वटा ट्रकमा सामानहरू लोड गरी राति नै दाङ लगिएको बताए । अब बुटवलमा मुख्यमन्त्री कार्यालय बन्द रहने र दाङमै खुल्ने प्रदेश सरकारले जनाएको छ ।

तीन वटा ट्रकमा लोड गरेर कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयको सामानसहितको कार्यालयका सम्पूर्ण सामग्री बोकेर मुख्यमन्त्रीसहितको सम्पूर्ण टोली स्थायी राजधानी देउखुरी गएको थियो । 

प्रदेशसभाले पनि निर्वाचित भएर आएका प्रदेशसभा सदस्यहरूको शपथ देउखुरीमै गराउने तयारी गरिरहेको छ । 

यसअघि नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालयहरू सार्ने काम नगर्न माग गर्दै अाएका थिए ।कांग्रेस  रुपन्देहीका सभापति रामकृष्ण खाँण, बुटवल नगरप्रमुख खेलराज पाण्डेलगायतले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पूर्वाधार नबन्दै तत्काल मन्त्रालयहरू नसार्न आग्रहसहित ज्ञापनपत्र बुझाएका थिए । 

यस्तै, नेकपा एमाले रुपन्देही र एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित चार सांसदहरू लीला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउँदै मन्त्रालयहरू सार्ने काम तुरुन्त रोक्न माग गरेका थिए ।