काठमाण्डौ, ५ पुष । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीका लागि पुगेका श्रमिकहरूले नियमित पारिश्रमिक नपाएको तथा पाएको पारिश्रमिक पनि बिभिन्न बहानामा कटौती भइरहेको बताएका छन
प्रवासी नेपाली समन्वय समितिले हिजो देखी आयोजना गरेको आप्रवासी श्रमिकहरुको ज्याला ठगि र सामाजिक सुरक्षाको महत्व दर्शाउने ३ दिने प्रदर्शनी उद्घाटन समारोहमा बोल्दै मन्त्री कुँवरले वैदेशिक रोजारीमा पुगेका श्रमिकहरूको हकहित सुनिश्चितताका लागि सरकार सरोकारवाला निकाय संवेदनशील भएर लाग्नुपर्ने बताएका छन ।
हामिले खाने तलब, भत्ता, चढ्ने गाडी लगायतका सुबिधा रेमिट्यान्सबाटै आएको पैसाले प्राप्त भइरहेको बताउँदै मन्त्री कुँबरले रेमिट्यान्स पठाउने श्रमिकहरुप्रति भने राज्यले न्याय गर्न नसकेको स्विकार गरे । बरु दुई चार महिना बैदेशिक रोजगारीमा पठाउन रोकेर भएपनि उनिहरुलाई सिप सिकाएर पठाउन सके पाइलै पिच्छे ठगिने र काम नपाएर अलपत्र पर्ने अबस्थामा न्यूनिकरण हुने धारणा समेत मन्त्री कुँबरले ब्यक्त गरेका थिए ।
माइग्रेसन फोरम एसियाको सहकार्यमा भएको कार्यक्रमको अध्यक्षता प्रवासी नेपाली समन्वय समितीका अध्यक्ष कुल प्रसाद कार्कीले गरेका थिए ।