कांग्रेस संसदीय दलको नेतामा देउवा र थापाकाे उम्मेदवारी

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , १ वर्ष अगाडि

काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएकाे छ ।

देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्तावक गरेका भने उपसभापति पूर्णबहादुर खड्काले समर्थन जनाएका छन्। 

यस्तै, थापाको प्रस्तावकमा शेखर कोइराला छन् भने समर्थमकमा धनराज गुरुङ रहेका छन्। थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले पनि समर्थन गरेका छन्। 

उम्मेदवारको अन्तिम नामावली आज नै प्रकाशन गर्ने कार्यक्रम छ। कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ मा हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।