खुर्सानेमा बस दुर्घटना, ६ को मृत्यू १८ घाईते

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , १ वर्ष अगाडि

काठमाण्डौ, २२ पुस । पाल्पा जिल्लाकोे रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा भएको बस दुर्घटनमा ६ जना यात्रुको ज्यान गएको छ ।

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस खुसार्ने पुग्नै लाग्दा राति साढे ९ बजे मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना भएको हो । ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुर्साने गाउँका ६ जना महिलाको ज्यान गएको छ । वडा नँ ८ का वडा अध्यक्ष रेमबहादुर रानाका अनुसार दुर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री, दानकुमारी खत्री र गुनी गाहाको ज्यान गएको हो । बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको छ ।

स्थनीय प्रहरी चौकी जुठापौवाका वरिष्ठ हवल्दार लिलाबहादुर केसीका अनुसार पाल्पा र रुपन्देहीका प्रहरी तथा स्थानीयले उद्धारको कार्य जारी राखेका छन । वडाअध्यक्ष रानाका अनुसार दुर्घटनामा घाइते भएका १८ जनालाई उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।