कृषकको उत्पादन नगरपालिकाले सँकलन र बितरणगर्ने तयारी गर्दै छ – थापा

Dipak Pudasaini Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , १ वर्ष अगाडि

काठमाण्डौ, ३० पुस । कागेश्वरी मनोहरा नगरपालिकाले कृषकले उत्पादन गरेका कृषी उपज खरिद गरि उपभोक्तालाई बिक्रिबितरण गर्ने तयारी शुरु गरेको छ । उक्तकुरा नगर उप प्रमुख शान्ता थापाले बताउनु भएको हो । जन सुरक्षा कृषि सहकारी सँस्था कागेश्वरी मनोहरा ४ नयाँपाटीको दोस्रो बार्षिक साधारण सभालाई प्रमुख अतिथीको आसनबाट सँबोधन गर्दै उप प्रमुख थापाले भन्नु भयो ‘नगरपालिकाको प्रशासनिक भबन निर्माण अन्तिम अबस्थामा पुगेको छ, हामी नयाँ भबनमा सरेपछी केहि स्थानको ब्यबस्था गरेर कृषकको उत्पादन सँकलन तथा बितरणको ब्यबस्था नगरपालिकाले गर्ने छ ।’ सहकारीले स्थापनाको छोटो अबधिमै कृषकका लागी मल, बिउ, बिरुवा उपलब्ध गराउन गरेको प्रयासको प्रशँसा समेत गर्नुभयो ।


कार्यक्रमका सभापती एबँ सहकारीका अध्यक्ष अमित ब्रम्हशाखाले सँस्थाले स्थापनाकाल देखी गरेका बिबिध कार्यहरु समेटिएको बार्षिक प्रतिबेदन प्रस्तुत गरेको साधारण सभामा कागेश्वरी मनोहरा नगरपालिका वडा नँ १ का अध्यक्ष मुकुन्द गजुरेलले सँस्था वा ब्यक्तिले ब्यबसायीक कृषी खेती गर्न चाहेमा नगरपालीकाले जग्गाको भाडा तिरिदिने प्रतिबद्दता ब्यक्त गर्नु भएको थियो ।
साधारण सभामा वडा नँ ४ का अध्यक्ष बिजय श्रेष्ठ (धन), भद्रवास बचत तथा ऋण सहकारी सँस्थाका सनोज भटराई, नब कान्तिभैरब बहुउदेश्यि सहकारी सँस्थाका अध्यक्ष राम भँडेल, अल्पाइन एकेडेमीका प्रधान अध्यापक अनन्तराम ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका काठमाण्डौ जिल्ला अध्यक्ष नबराज सिँखडा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
दोस्रो साधारण सभामा सँस्थापक तथा शेयर सदस्यलाई शेयर प्रमाण पत्र बितरण गर्नुका साथै उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणी, तथा कर्मचारीहरुलाई सम्मान गरिको थियो ।