सभामुखमा निर्वाचित घिमिरे भन्छन् -प्रभावकारी भूमिका निर्वाह गर्नेछु

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडौं । नेकपा एमालेका सांसद एवम् नेकपा एमालेबाट सभामुखका उम्मेदवार देवराज घिमिरेले सभामुखमा आफ्नो जित निश्चित रहेको दाबी गरेका छन् ।

आज संसद् सचिवालय नयाँ बानेश्वरमा प्रतिनिधि सभाका लागि सभामुखको उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले यस्तो दाबी गरेका हुन् । उनले विगतमा भएका कमजोरीबाट सिकेर आउँदा दिनमा सभामुखको भूमिका निभाउने बताए ।

उनले भने, प्रतिनिधि सभाबाट विजयी भएपछि सभामुखले खेल्ने भूमिकामा कमी हुन दिन्नँ । संसद्लाई सहमतिका साथ अघि बढाउँछु ।