नवौ कागेश्वरी महोत्सब फल्गुन ७ मा हुने, अन्तिम साता बिराट महायज्ञको तयारी

Dipak Pudasaini MainNews/प्रमुख समाचार , News/समाचार , Spiritual/अध्यात्म , प्रदेश , साहित्य , १ वर्ष अगाडि

काठमाण्डौ, ९ माघ । आगामी फागुन ७ गते कागेश्वरी मनोहरा नगरपालिका वडा नँ १ कागेश्वरी धाम परिसरमा ९औ कागेश्वरी महोत्सब आयोजना हुने भएको छ । सातै सोहि महिनाको २१ देखी २९ गतेसम्म बिराट महायज्ञको आयोजना समेत गरिने भएको छ ।

उक्त कुराको जानकारी कागेश्वरी मन्दिर ब्यबस्थापन तथा पर्यटन बिकास समितीका अध्यक्ष मणिराम अर्यालले गराउनु भएको हो ।
पौराणिक,ऐतिहाँसीक तथा धार्मीक महत्वको स्थल कागेश्वरीधामको बिकास तथा प्रचार प्रसार गर्ने उदेश्यले महोत्सब आयोजना आरम्भ गरिएको बागमती प्रदेशका निबर्तमान साँसद रामेश्वर
फुँयालले बताउनु भएको छ ।

महोत्सब तयारीका लागी स्थानिय तथा सरोकारवाला सँघसँस्थाहरुको सर्बपक्षीय भेलामा फुँयालले उक्त कुरा बताउनु भएको हो । मन्दिर सम्म पुग्ने गरी बनाउन लागीएको २ हजार २ सय २२ सिढी मध्धे ८ सय ८९ सिढी तयार भै सकेको जानकरी दिदै उहाँले भन्नु भयो कागेश्वरी गुफा, झरना, मणिलिँगेश्वर गुफा, रक गार्डेन, जानकी मन्दिर तथा यस क्षेत्रबाट गरिने छोटो लामो दुरीका पदयात्राका बारेमा जानकारी गराउन सकेमात्रै पनि कागेश्वरीधामको बिकासले फड्को मार्ने छ ।
महोत्सबमा स्थिानिय उत्पादन बिक्रिकक्ष, रक्तदान, स्वास्थ शिबिर, साहित्य सम्मेलन, सँस्कृतिक कार्यक्रम तथा कागेश्वरी क्षेत्रको धार्मीक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसार लगायतको ब्यबस्था गर्न पनि निबर्तमान साँसद फुँयालले सुझाब दिनु भयो ।


कागेश्वरीधाम १ नँ वडाको मात्रै नभएर समग्र कागेश्वरी मनोहरा नगरपालिकाको समेत भएको बताउँदै वडा अध्यक्ष मुकुन्द गजुरेलले महोत्सब ब्यबस्थापन तथा बिराट महायज्ञ सफल बनाउन सबैको उत्तिकै सहयो आबश्यक रहेको बताउनु भयो ।

भेलामा नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाका का सभापती बासुदेब पौडेल, कागेश्वरी मनोहरा जेसिजका सागर रोक्का, शहिद आदर्श क्याम्पसका प्रमुख बिष्णु प्रसाद फँुयाल, सिद्धि गणेस माबि बिधालय ब्यबस्थापन समितीका अध्यक्ष राजकुमार थापा, नेपाल रेडक्रस काठमाण्डो जिल्ला शाखा सदस्य लक्ष्मी प्रसाद कुँइकेल लगायतले महोत्सब सफल बनाउन आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बचन दिदै ब्यबस्थापनका तथा कागेश्वरी धामको दिर्घकालिन बिकासका तथा प्रचारका लागी आफ्नो पहल रहने बताउनु भएको थियो ।