धनुषाको प्रहरी कार्यालयबाट ६ जना थुनुवा फरार

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , १ वर्ष अगाडि

धनुषाको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयबाट ६ जना थुनुवा फरार भएका छन् ।आइतबार राति थुनुवा कक्षको भित्ता फोडेर ती थुनुवाहरू फरार भएको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार फरार हुनेहरुमा रोशन महतो, शङ्कर महतो, विनोदकुमार महतो, अनित मण्डल, रोशन यादव र हरि घिसिङ रहेका छन् ।

फरार भएका मध्ये विनोद र अनित लागू औषध, रोशन र हरि अभद्र व्यवहार तथा रोशन र शङ्कर अवैध हातहतियार मुद्दाका आरोपित रहेको प्रहरी प्रवक्ता क्षेत्रीले जानकारी दिए। फरार भएकाहरूको खोजी कार्य तीव्र पारिएकाे छ ।