सरकारबाट बाहिरिने रास्वपाकाे तयारी

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , १ वर्ष अगाडि

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रालय आफै‌सँग राख्ने भनेपछि असन्तुष्ट बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सरकारबाट बाहिरिने मनस्थितिमा पुगेका छन् ।

साे पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बाेलाएकाे छ। अपराह्न साढे ४ बजे केन्द्रीय कार्यालय वसुन्धरामा बस्ने बैठकमा सरकारकाे विषयमा छलफल हुने सचिवालयले जनाएको छ।  सहमति अनुसार प्रधानमन्त्री नचलेकाे भन्दै साे पार्टीले सरबारबाट बाहिरिने विषयमा निर्णय गर्ने अनुमान गरिएकाे छ ।

सभापति लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको भन्दै उनले सामाजिक सन्जालमा स्टाट्स लेख्दै आफू महाभारतको अभिमन्यु नभएको उल्लेख गरेका छन् ।आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न उनले भनेका छन् । उनले लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो ।’

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । त्यससँगै उनी उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको पदबाट पनि मुक्त भएका थिए । तर आइतबार उनले पुनः नागरिकता लिने प्रक्रिया पूरा गरेका थिए ।त्यसपछि रास्वपाले गृह मन्त्रालयमै दाबी गरिरहेको छ ।