नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी पक्राउ

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , १ वर्ष अगाडि

काठमाडाैं – प्रहरीले कैलाली-२ बाट निर्वाचित सांसद अरुण चौधरीलाई पक्राउ गरेको छ। प्रहरीले चौधरीलाई बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार बाँकेको बैजनाथ गाउँपालिका-१ को चिसापानी क्षेत्रमा लुकेर बसेको अवस्थामा उनी पक्राउ परेका थिए।जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजाय सुनाएको थियो। 

मंसिर ४ गते सम्पन्न निर्वाचनमा चौधरी नागरिक उन्मुक्ति पार्टीको प्रतिधितित्व गर्दै संसदमा प्रवेश गरेका थिए। उनले एमालेका झपटबहादुर रावल र गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका भगत बडुवाललाई पराजित गरेका थिए।