पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफको निधन

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , प्रवास , १ वर्ष अगाडि

एजेन्सी । पाकिस्तानका पूर्वराष्ट्रपति तथा पूर्व सेना प्रमुख परवेज मुसर्रफको आइतबार निधन भएको छ ।  मुसर्रफको ७९ वर्षकाे उमेरमा  दुबईको एक अस्पतालमा निधन भएको जनाएको छ ।

गत वर्ष उनलाई एमाइलोइडोसिस नामक जटिल रोग लागेको खबर आएको थियो । यो रोगमा मानिसको शरीरका अंगहरु निष्क्रिय हुन थाल्छ ।मुसर्रफ २०१६ मार्चदेखि दुबईमा बस्दै आएका थिए ।

१९९९ मा रक्तपातविहीन सैनिक ‘कू’ गरेर सत्ता हत्याएका मुसर्रफलाई दुईवटा हत्याको अभियोगसमेत लागेको थियो ।